कास्कीको अन्नपूर्ण गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

पाेखरा | साउन २५, २०८२

कास्कीको अन्नपूर्ण गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिकाले साउन २७ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवम् सांस्कृतिक पर्व ट्होटे पर्वका अवसरमा गाउँपालिकाले मंगलबार सार्वजनिक विदा दिएको हो । 


सार्वजनिक बिदाको दिन अन्नपूर्ण गाउँपालिका क्षेत्रभित्र अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द रहने गाउँपालिकाले जनाएको छ । 


गुरुङ समुदायले  मंगलबार आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउँदै छन् । गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मङ्गलबार सांस्कृतिक पर्वका रुपमा ट्होटे पर्व धुमधामका साथ मनाउने गर्दछन् ।

 

गुरुङ जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको अन्तिम मङ्लबारमा ट्होटें मनाउदै आएका हुन् । 


ट्होटें पर्वका दिन तमु राज्यमा बसोवास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ ।


 गुरुङ भाषामा ट्होको अर्थ राज्य वा गाउँबस्ती हुन्छ भने टेंको अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्